• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

ज्येष्ठ नागरिकको हेरचाह नगरे छिमेकीले पनि उजुरी दिन सक्ने

64x64
नेपाल लाइभ बुधबार, भदौ २२, २०७९  १३:१९
1140x725

काठमाडौं– तपाईंको टोल, छिमेकमा रहेका ज्येष्ठ नागरिकले हेरचाह पाएका छैनन्? वा, उनीहरूको पालनपोषण राम्रोसँग भएको छैन? यस्तो देखिरहनुभएको छ भने अब तपाईंले सिधै उजुरी गर्न पाउनुहुने भएको छ। वा, तपाईं आफैंले पनि ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषण गर्नुभएको छैन भने तपाईंका छिमेकीले तपाईंविरुद्ध उजुरी दिन सक्नेछन्। 

सोही प्रावधानसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जेष्ठ नागरिक ऐन राजपत्रका प्रकाशित गरिसकेको छ। ऐनको दफा ५ को उपदफा १ मा आफ्नो टोल छिमेकमा कुनै ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको भएमा कारणसहित छिमेकीले समेत उजुरी दिन सक्ने व्यवस्था थप गरिएको छ।

उक्त ऐनको दफा ५ को उपदफा ९ मा कुनै ज्येष्ठ नागरिकको आफन्तले उसको हेरचाह नगरि सम्पत्ति हडपेको खण्डमा हेरचाह तथा पालनपोषण गर्ने व्यक्तिले स्थानीय तहमा उजुरी गरेमा ज्येष्ठ नागरिकको नाममा रहेको चलअचल सम्पत्ति पालनपोषण गर्ने व्यक्तिले पाउने व्यवस्था रहेको छ। 

दफा ५ को उपदफा १० मा स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरेका अथवा हेरचाह गर्ने अन्य हकवाला, नातेदार कोही नभई अलपत्र परेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाउनुपर्ने र उक्त ज्येष्ठ नागरिकको जायजेथा वा अंश स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई ज्येष्ठ नागरिकको हक हितका लागि प्रयोग गर्ने  व्यवस्था गरिएको छ।

त्यस्तै, दफा ८ को (क) मा  स्थानीय तहले ज्येष्ठ नागरिकको जीवनमा समस्या देखेमा सन्तान वा हकवालाले आर्थिक आम्दानी वा उपार्जनको हैसियत तोकिए बमोजिमको रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न लगाउनु पर्ने उल्लेख गरिएको छ।

स्थानीय तहले निर्णय लिनुपूर्व ज्येष्ठ नागरिकको जीवनयापनका लागि तत्काल केही गर्न आवश्यक देखेमा सम्बन्धित वडा अध्यक्षले अन्तरिम रुपमा उनका सन्तान वा हकवालालाई परिस्थिस्ति विचार गरि सम्बन्धित ज्येष्ठ नागरिकको बैंक खातामा निश्चित रकम जम्मा गर्न लगाउनु पर्ने भनिएको छ। 

उक्त बमोजिमको रकम बाबुआमा सँगै बसेका वा कानुन बमोजिम भिन्न भइसकेको अवस्थामा समेत ज्येष्ठ नागरिकको खातामा जम्मा गर्नुपर्ने उल्लेख गरिएको छ।

तर, तोकिएको न्यूनतम आय नभएका व्यक्तिका हकमा भने ज्येष्ठ नागरिकको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्नु स्थानीय तहको दायित्व रहने उल्लेख  गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

कुनै व्यक्तिको बाबुआमा सगोलमा बसेका छन् भने बाबुआमाको संयुक्त खातामा जम्मा गर्नुपर्ने र बाबुआमा भिन्न बसेका छन् भने आफूले पालनपोषण गर्ने बाबु वा आमाको खातामा जम्मा गर्नुपर्ने उल्लेख गरिएको छ।

तर, नियमित पारिश्रमिक वा निवृत्तभरण (भत्ता) पाइरहेका वा स्वरोजगार, व्यापार, व्यवसाय वा अन्य जुनसुकै किसिमको आयआर्जनबाट तोकिए बमोजिमको वार्षिक आम्दानीभन्दा बढी आम्दानी भएका बाबुआमाको लागि पारिश्रमिक वा रकम जम्मा गर्नु पर्ने छैन।

ज्येष्ठ नागरिकको नाममा रकम जम्मा गरिसकेपछि उक्त रकम जम्मा गरेको विवरण एवं भौचर तथा भर्पाई स्थानीय निकायलाई पैतीस दिनभित्र  जानकारी गराउनु पर्नेछ। र, वार्षिक रुपमा आफूले जम्मा गरेको रकमको विवरण प्रत्येक आर्थिक वर्षको अन्त्यमा सम्बन्धित स्थानीय तहमा पेस गर्नुपर्नेछ।

यदि, ज्येष्ठ नागरिकका खातामा जम्मा गर्नुपर्ने रकम जम्मा नगरेमा ती व्यक्तिका आमा बाबुले ऊ कार्यरत निकायमा वा स्थानीय तहमा निवेदन दिन सक्नेछन्।

निवेदन प्राप्त भएमा रकम जम्मा गर्नुपर्ने दायित्व भएको व्यक्ति कार्यरत निकायको प्रमुखले त्यस्तो व्यक्तिको पारिश्रमिक वा रकम जम्मा गर्न सम्बन्धित अधिकारीलाई आदेश दिनु पर्ने हुन्छ।

ज्येष्ठ नागरिक सम्बन्धी प्राप्त निवेदन तथा उजुरीको सुनुवाइ सरल एवं द्रुत प्रक्रियाबाट सम्पादन गर्न स्थानीय तहले कार्यविधि बनाई लागू गर्न सक्नेछन्।

ज्येष्ठ नागरिकको खातामा रकम जम्मा गरेका कारणले मात्र प्रचलित कानुन बमोजिम पूरा गर्नुपर्ने कानुनी दायित्व वा व्यवहारिक जिम्मेवारीबाट उन्मुक्ति नपाउने उल्लेख गरिएको छ।

बाबुआमाको खातामा जम्मा भएको रकम बाबुआमाले आफ्नो आधारभूत आवश्यकता पूरा गर्ने लगायतको कार्यमा खर्च गर्न सक्नेछन्। बाँकी रहेको रकम निजहरुको मृत्यु पश्चात अन्त्येष्टिमा खर्च गर्न सकिने छ। अन्त्येष्टिमा खर्च गरेर अझै पनि खातामा रकम बाँकी भएमा परिवारका सदस्यले उपयोग गर्न पाउनेछन्।

जुनसुकै कारणले सन्तानलाई पालनपोषण तथा शिक्षादिक्षा प्रदान नगरिएका वा उचित अविभावकत्व प्रदान नगरिएका, घरपरिवारबाट निकाला गरी खान लाउन नदिई हुर्केका सन्तानलाई ज्येष्ठ नागरिकलाई पालनपोषण गराउन बाध्य पारिने छैन।

राज्यले ज्येष्ठ नागरिकको सेवा सुविधा उपलब्ध गराउने प्रयोजनका लागि सम्बन्धित स्थानीय तहले ज्येष्ठ नागरिकको विस्तृत विवरण एवं वर्गीकरण गर्नु पर्नेछ। साथै, राज्यले ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभव तथा पुस्ता हस्तान्तरण गर्न गराउन सक्नेछ।

दफा ८ को (ख) मा ज्येष्ठ नागरिकलाई कसैले दुव्र्यवहार गर्न तथा झुक्याउन नहुने कुरा उल्लेख गरिएको छ। कसैले ज्येष्ठ नागरिकको नाममा रहेको चलअचल सम्पत्ति  लिने उद्देश्यले वा प्रलोभनमा पारी वा झुक्यानमा पारी सम्पत्ति लिन वा आफ्नो वा अरु कसैको नाममा राख्नु हुँदैन। यसो गरेमा कानुनी कारबाही गरिने व्यवस्था रहेको छ। 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
सम्पत्ति शुद्धीकरण कसुरमा सुलभ अग्रवाल पक्राउ
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी आइतबार, चैत २२, २०८२
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान आइतबार, चैत २२, २०८२
सम्पत्ति शुद्धीकरण कसुरमा सुलभ अग्रवाल पक्राउ आइतबार, चैत २२, २०८२
नवनिर्वाचित सभामुख अर्याललाई ज्येष्ठ सदस्य केसीले दिए बधाई आइतबार, चैत २२, २०८२
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी शनिबार, चैत २१, २०८२
गुण्डागर्दीविरुद्ध प्रहरी अभियान : १८ जना पक्राउ (नामावलीसहित) शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्