काठमाडौं- राष्ट्रिय सभाका विषयगत समितिका लागि चारजना सांसदको उम्मेदवारी परेको छ।
दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)को उम्मेदवारी परेको हो।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि उनीहरुको उम्मेदवारी परेको हो।
बुधबार नै उनीहरुको निर्वाचन हुनेछ। राष्ट्रियसभाका यी विषयगत समितिका सभापति रहेकाहरु २०७८ फागुन २१ बिदा भएका थिए। उनीहरुको स्थानमा २०७८ माघमा नयाँ सदस्य निर्वाचित भएका थिए। रिक्त सभापति पदमा भने निर्वाचन भएको थिएन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।