काठमाडौं– सगरमाथा आरोही मदन चुडाल ४ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस भएका छन् ।
चुडाललाई माओवादी केन्द्रले सुनसरी क्षेत्र –२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदार सिफारिस गरेको हो । माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष चुडाल हाल माओवादी केन्द्रको प्रदेश–१ समिति सदस्य र इटहरी इन्चार्ज छन् ।
चुडालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशसँगै ०६८ साल जेठ १४ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता उनी पर्वतारोहणसम्बन्धी विभिन्न संघसंस्थामा आवद्ध भएर पर्वतारोहीका पक्षमा सक्रिय छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।