काठमाडौं– सिट बाडफाँटको विषय टुंग्याउन बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेकाे बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको र भोलि प्रतिवेदन तयार गर्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
‘कार्यदललाई दिएको जिम्मेबारीको नजिक पुगेका छौं । भोलिको बैठकमा प्रतिवेदन तयार हुन सक्छ’ उनले भने ‘करिब करिब हामी सहमतिको अन्तिम चरणमा छौं । प्रतिनिधि सभा टुंग्याउने अनि प्रदेश सभापनि टुंग्याउने गरी काम भइरहेको छ।’
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तल्लो तहवाट धमाधम सिफारिस आइरहेको छ ।
नेकपा (एमाले)ले पनि सिफारिस लिन थालेको छ। असोज २ गते निर्वाचन आयोगका समानुपातिकतर्फको बन्द सूचीमा रहेका नामहरु बुझाउनु पर्नेछ । त्यसअघि नै गठबन्धनमा रहेका पाँच दलले सिट बाडफाँटको टुंगो लगाउन सकेका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।