काठमाडौं– सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिट खारेज गरेको छ। आफ्नो पार्टीले गाई निर्वाचन चिन्ह पाउनुपर्ने माग गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले दिएको रिट मंगलबार खारेज हुने फैसला सर्वोच्चले सुनाएको हो ।
यसअघि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । न्यायाधीशहरु कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको दावी नपुग्ने भन्दै रिट खारेज गरेको हो । केहीदिन अघि निर्वाचन आयोगले राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’ प्रदान गरेको थियो ।
स्थानीय निकायको निर्वाचनमा राप्रपा नेपालले चुनाव चिन्ह ‘तीर’ प्राप्त गरेको थियो । प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ मा घोषणा भएपछि थापाले गाई दाबी गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
शुरुमा अन्तरिम जारी भएको रिट खारेज भएसँगै थापाले गाई नपाउने भएका छन् । उनले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तीर चिह्नमै लड्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।