काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले खल्तीबाट गरिएको सिफारिस पार्टीलाई मान्य नहुने बताएका छन्।
प्रचण्डले मंगलबार सुदूरपश्चिम प्रदेशको पार्टी प्रशिक्षणमा बोल्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि पार्टीबाट नाम सिफारिस गर्दा कसैले पनि आफ्नो खल्तीबाट सिफारिस गरेको भए त्यो सिफारिस पार्टीलाई मान्य नहुने बताएका हुन्।
उनले सिफारिस पार्टीले संस्थागत रूपमा गर्नुपर्ने कुरा प्रष्ट पारे। सिफारिस भदौ २२ भित्र गरिसक्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।