काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम पार्टीका मातहत कमिटीमा धमाधम भइरहेको छ।
पार्टीको केन्द्रीय कमिटीको चौथो बैठकले यही भदौ २२ गतेसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो।
उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा नागरिकताको प्रमाण पत्र, सम्पत्ति विवरणलगायतका कागजात समेत माग गरेको छ।
निर्वाचन आयोगको अनुसूची १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्ने प्रयोजनका लागि सम्बन्धित कमिटीले उक्त अनुसूचीका साथै अन्य कागजात समेत पठाउन केन्द्रीय कार्यालयले भनेको छ।
पठाउनुपर्ने कागजातहरू
१. नेपाली नागरिकताको प्रमाणपत्रः
२. सम्पत्ति विवरण फाराम (सिलबन्दी गरी पेश गर्नुहुन):
३. मतदाता नामावलीमा नाम भएको विवरणः
मतदाता क्रम संख्याः
वडा नंः
गाउँ/नगरपालिकाः
प्रदेशः
जिल्लाः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।