काठमाडौं- प्रतिनिधि सभाबाट 'केही नेपाल ऐन संशोधन गर्ने विधेयक' पारित भएको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले विधेयक पारित गरेको हो।
विधेयकमा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने प्रस्ताव पनि थियो। तर, चौतर्फी विरोध भएपछि कानुनमन्त्री गोविन्द बन्दीले सो प्रावधान फिर्ता लिएको जानकारी दिएका थिए।
विधेयकमा राखिएको कार्यकालसम्बन्धी प्रावधान फिर्ता लिइएपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया अघि बढेको थियो। सोही अनुसार विधेयकलाई पारित गरियोस् भन्ने मन्त्री शर्माले राखेको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।