पाल्पा– नेकपा (एमाले) पाल्पाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु मगरलाई संघीय निर्वाचनको लागि पाल्पा–१ बाट उम्मेदवार सिफारिस गरेको छ ।
विद्यार्थीकालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनीतिमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य र एमालेको पाल्पा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष छन् । उनले धितोपत्र बोर्डको विज्ञ सञ्चालकको रुपमा ३ वर्ष काम गरिसकेका छन्।
संघीय सांसदको उम्मेद्वारमा सिफारिस भएपछि बोल्दै चार्टड एकाउन्टेन्ट सारु मगरले पार्टीले पुस्ता हस्तान्तरण अभियान र युवाहरुको चाहनाबमोजिम आफूले उम्मेदवारी दिएको बताए ।
आर्थिक नीतिमा पीएचडी गरिरहेका सारुले नेताहरुले युवालाई विश्वास गरेर टिकट दिएको खण्डमा सम्पूर्ण अग्रज नेताहरुको याेगदानको सम्मान गर्दै उनीहरुको सल्लाह वमोजिम अगाडि बढ्ने बताए । उनले आफू चुनावमा भारी मतान्तरका साथ विजयी हुने दाबी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।