काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाँडे र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा उनीहरुबीच मंगलबार दिउँसो भेटवार्ता भएको हो।
प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा भदौ १९ गते नेपाल भ्रमणमा आएका पाँडेले मंगलबार बिहान माउन्टेन फ्लाइट समेत गरेका थिए। पाँडेले मंगलबार नै शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका थिए।
उनले बुधबार मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको दर्शन गरी सोही दिन पोखरास्थित सेनाको मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।