काठमाडौं– न्याय परिषद् बैठकले उच्च अदालतका २७ न्यायाधीशका लागि ८१ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको छ।
परिषद्को मंगलबारको बैठकले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय सेवा, सरकारी वकिल र कानुन सेवाका कर्मचारीबाट उनीहरुलाई छनोट भएको हो।
परिषद्ले जिल्ला न्यायाधीशबाट ३८, कानुन व्यवसायीबाट २५, न्याय सेवाबाट ७, सरकारी वकिल समूहबाट ७ र कानुन सेवाका कर्मचारीबाट ४ कर्मचारी छनोट गरेको छ।
परिषद्ले केही समयअघि उच्च अदालका लागि न्यायाधीश नियुक्तीसम्बन्धी मापदण्डका आधारमा निवेदन माग गरेको थियो।
करिब ३०० सय जनाले आवेदन दिएका थिए। तीमध्ये पहिलो चरणमा उनीहरुको नाम छनोट गरिएको हो। अब परिषद्ले फेरि मौखिक रुपमा परीक्षा लिएर २७ जनाको छनोट गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।