फाइल तस्बिर
काठमाडौं– प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ। मंगलबारको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथिको संशोधन प्रस्ताव फिर्ता लिन सभामुखले प्रक्रिया अगाडि बढाउँदा नेपाल मजदुर किसान पार्टीका (नेमकिपा)का सांसद् प्रेम सुवालले प्रश्न उठाएका थिए।
सभामुखले तीन मिनेट घण्टी बजाउन लगाइ सांसद संख्या यकिन गर्दा ५८ मात्रै थियो। गणपूरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।
नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिधिनि सभाको एकचौथाइ सदस्य उपस्थित हुनपर्छ। त्यसका लागि ६९ जना सांसद आवश्यक पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।