फाइल तस्बिर
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले संसद्को कार्यकाल बढाउने विधेयक उपयुक्त नभएको बताए। उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले केही नेपाल ऐनमार्फत दर्ता गरेको विधेयक फिर्ता लिनुपर्ने बताए।
‘निर्वाचन घोषणा भएपछि यस्तो काम गर्ने होइन। जुनसुकै पार्टी सरकारमा भएपछि हतारहतार गर्ने देखियो’ उनले भने ‘मैले पार्टीमा यो गैरजिम्मेवार काम भएको भनेको थिएँ। अहिले फिर्ता हुने भएपछि यो धन्यवाद दिनुपर्ने कुरा हो।’ संसद् कार्यकालसम्बन्धी स्पष्टता गर्नुपर्ने जरुरी भएपनि अहिले ल्याउन हुने विषय नभएको उनको भनाई छ।
‘यो जिम्मेवार प्रतिपक्षको सहभागितामा आएको कुरा सुन्दा दुःख लागेको छ’ उनले भने ‘पाँच वर्षको अवधिका लागि ऐन ल्याउन आवश्यकता छ, तर अहिलेको अवस्था यो थिएन।’
उनले निर्वाचन भएपछि वा अरु कुरा राख्न सकिने थियो तर अहिले बहस राम्रो भएन। अहिलेलाई फिर्ता लिन उपयुक्त हुने बताए। उनले सरकारले ढिलो गरी ल्याएको तर अप्ठारो अवस्थामा परेका कारण सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक केही नेपाल ऐनमा ल्याउन परेको बताए।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कुरा अप्ठारो अवस्थामा विगतमा पनि परेको उनले स्मरण गरे। उनले आफू अर्थमन्त्री हुँदा पनि यस्तै समस्यामा परेको र तत्कालीन समयमा सुल्झाएको उनले बताए।
उनले पछिल्ला सरकारहरुले पारदर्शी काम गर्न नसकेको र समयमै कानुन ल्याएर सम्पत्ति शुद्धीकरण रोक्ने कार्य गर्न नसकेको उनले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।