फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रतिनिधिसभाको आयुको विषयमा संशोधनका लागि आएको विधेयक सहि समयमा नआएकाले बाहिर तलब भत्ताका लागि आयु बढाउन मरिहत्ते गरेको भन्ने आरोप लागेको बताएका छन्।
यो विधेयक आवश्यक रहेको तर यसलाई शान्त वातावरणमा छलफलका लागि अब आउने संसदलाई छोड्नु पर्ने पनि थापाले बताएका छन्। केहि नेपाल ऐन संशोधनमा सशोधन प्रस्तावमा आफ्नो धारणा राख्दै थापाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा उक्त कुरा बताएका हुन्।
‘प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको विषयमा चासोको विषय बनेको छ। हामीले समयको ख्याल गर्नुपर्छ भन्नेको प्रमाण हो। सरकारले यसलाई शान्त रहेको समयमा ल्याएको भए सायद छलफल अर्को कोणबाट हुन्थ्यो होला तर, जसरी प्रस्तुत हुनुपर्थ्याे त्यसाे नहुनाले बाहिर संसदहरू १/२ महिनाको परिश्रमिकका लागि मरिहत्ते गरिरहेको आरोप लागेको छ,’ थापाले भने, ‘त्यो नै सर्वाधिक महत्वको विषय भएको छ। यो आरोप सरकार पक्षलाई मात्र लागेको जस्तो देखिएको छ। तर कहिले काहीँ संसदको प्रतिष्ठाका लागि सबै एक ठाउँमा उभिनुपर्छ। यसलाई अब आउने संसदले छलफल गरेर टुंग्याउन छोडिदिउँ।’
यस्तै, मतगणनाको अन्तिम नतिजा आएपछि सुरू हुने र उम्मेदवारी दिने अघिल्लो दिनमा सकिने गरी प्रतिनिधि सभा र प्रदेश सभाको समयावधि कायम गर्न थापाले संशोधन हालेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।