फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेकी सांसद विन्दा पाण्डेले संसद्को आयु लम्ब्याउने व्यवस्था गर्दा सार्वजनिक रुपमा सांसदको लोगो लगाएर हिँड्दा लज्जित हुनुपर्ने अवस्था आउने बताएकी छन्।
प्रतिनिधि सभामा दर्ता भएको विधेयकमा संशोधन दर्ता गर्दै उनले नयाँ सांसद आउन्जेल पुरानालाई काम गर्ने कुराले लज्जित बनाएको बताइन्।
पाण्डेले केही नेपाल ऐन संशोधनको कुरामा पर्याप्त समय नपुगेको बताइन्। उनले संविधान अनुसार महिलाहरुको सहभागिता ग्यारेन्टी हुने कुरा महिला सांसदहरुले उठाएको तर, त्यो विधेयक ल्याउनुपर्नेमा सरकारले नल्याएको तर, उल्टो अवधि बढाउनेमा ध्यान गएको बताइन्।
‘नयाँ निर्वाचित भएर सांसद आइसक्दासम्म पनि सांसद भनेर लोगो लगाएर हिड्नुपर्ने अवस्था कसरी हुनसक्छ?’ उनको प्रश्न, ‘जनताले नयाँ निर्वाचित गराउँदा कसरी सांसदको लोगो लगाएर हिँड्न सकिन्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।