काठमाडौं– सत्तारूढ नेपाली काग्रेसका सांसद अतहर कमाल मुसलमानले तलब भत्ता नलिनेगरि संसद्लाई कायम राख्नुपर्ने प्रस्ताव गरेका छन्। उनले निर्वाचित सांसदहरुलाई स्वागत गर्न र प्रतिनिधि सभालाई अविच्छिन्न राख्न यस्तो राख्नुपर्ने बताए।
आउनेलाई स्वागत गर्दै बसेकाले सिट छोडेर स्वागत गर्ने संसारभरको चलन भएको भन्दै उनले केही निर्णय लिनुपर्ने भएकाले कानुन बनाउनु राम्रो भएको बताए ।
‘असोज १ गतेबाट आयु समाप्त गरिदिनुस्। दिउँसैबा६ गरिदिनुस्। २ गतेबाट प्रतिनिधि सभा विघटन गरिदिनुस्’ उनले भने, ‘तर, दुर्भाग्यवस केही भयो भने के होला?’
उनले विगतमा पनि यस्तै कार्य भएकाले यसलाई निरन्तर राख्नुपर्ने तर्क गरे। मुसलमानले सांसदको सुविधा नलिनेगरि संसद् लैजान सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।