काठमाडौं– नेमकिपाका सांसद प्रेम सुवालले गणतन्त्रमा पनि पञ्चायतमा जस्तै हुने भए गणतन्त्र र पञ्चायमा के फरक भनेर प्रश्न उठाएका छन्।
उनले सरकारले ल्याएको संसद्को आयु बढाउने विधेयक फिर्ता लिनुपर्ने माग गरे। सरकारले फिर्ता लिने भनेको सुनेको तर, कानुनमन्त्रीले संसद्मा नभनेकाले यसमा के हो भन्ने स्पष्ट हुनुपर्ने सुवालको भनाइ छ।
‘पञ्चालयतको ३० वर्षमा सरकारका बसेर निर्वाचन लड्ने कुरा थियो। त्यसको विरोध गरिएको हो’ उनले भने ‘बहुदलमा पनि यस्तै भएपछि गणतन्त्र ल्याएका हौं। तर, अहिले के फरक भयो? फरक नहुने हो भने पञ्चायतमै फर्के हुन्छ।’
सुवालले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति किन सार्वजनिक भएन भन्ने प्रश्न पनि उठाए। उनले राणाहरुको सम्पत्ति सार्वजनिक नभएर हुत्याउनु परेको, पञ्चायतमा पनि यस्तै भएको स्मरण गर्दै अब पनि यस्तै रहे अहिलेकालाई पनि हुत्याउनुपर्ने हुनसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।