फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका सांसद शेरबहादुर तामाङले संसद्को आयु बढाउने विधेयक फिर्ता लिनुपर्ने माग गरेका छन्। प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधनमार्फत् दर्ता गराएर सरकारले संसद्को आयु फागुनसम्म लैजाने प्रयास गरेको थियो।
विधेयकमाथि चौतर्फी आलोचना भएपछि सरकार विधेयक संशोधनका लागि तयार भएको छ। यही प्रक्रियाका लागि नेकपा एमाले र नेपाली कांग्रेसका सासदहरुले संशोधन दर्ता गरेका छन्।
संशोधनकर्ताहरुको तर्फबाट बोल्दै एमालेका सांसद तामाङले लोकतन्त्रमा लोकको मत नै सबै कुरा हुने भएकाले नयाँ निर्वाचनपछि सांसदहरुको कार्यकाल राख्ने कुरा स्वीकार नहुने बताए।
‘अर्को संसद् आउने समयसम्म तलब भत्ता खाएर बस्न सुहाउँदैन। लोकतन्त्रमा लोकले निर्णय गर्ने हो ’ उनले भने ‘म्याद बढाउने कुरा फिर्ता लिनुस्। हैन भने संशोधन गर्नुस्। आजैको बैठकबाट सरकारले यो विधेयकलाई फिर्ता लेओस्।’
सरकारले सम्पत्ति शुद्धीकरणका लागि केही नेपाल ऐनमार्फत् संशोधन गर्दा यो व्यवस्था पनि थप गरेको थियो। असोज २ गते समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि स्वत: सांसदको कार्यकाल समाप्त हुनुपर्नेमा सरकारले बढाउने प्रयास गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।