गुल्मी– गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए।
मंगलबार बिहान रानालाई आफ्नै घरको छडमा पास भएको करेन्ट लाग्दा २ तला माथिबाट खसेर घाइते भएका थिए।
घाइतेको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको डीएसपी खरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।