काठमाडौं– नेपाल कांग्रेसले नवलपुर-२ बाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा प्रत्यक्षतर्फ सात जनाको नाम सिफारिस गरेको छ।
बिष्णुकुमार कार्की, विनोदकुमार चौधरी, सुमित्रा खनाल, शंकर तिवारी, राम्जी प्रसाद पौडेल, नन्द किशोर गुप्ता र गंगोत्री चौधरीलाई प्रत्यक्षतर्फ सिफारिस गरिएको हो।
सिफारिसमा परेका तिवारीका अनुसार समानुपातिकतर्फ पनि सात जनाको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ पूर्णचन्द्र नेपाल, कमलराज गुरौ, सीतादेवी देवकोटा पाण्डे, ओमबहादुर घर्ती, देमनारायण महतो, कमानसिंह थापा र झलमायाँ विक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।