दाङ - एमाले दाङले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ शंकर पोखरेलसहित २४ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ।
प्रत्यक्षतर्फ एमाले सचेतक शान्ता चौधरी, सांसद गंगा थारु, युवराज ज्ञवाली, कोमल वलीलगायत नेताहरू सिफारिसमा परेका छन्।
एमाले दाङको सोमबार बेलुकी बसेको पदाधिकारी बैठकले मंसिर ४ मा हुने निर्वाचनका लागि २४ जना नेताको नाम लुम्बिनी प्रदेश कमिटीमा सिफारिस गरेको नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।