काठमाडौं- सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाएका छन्।
राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई सभामुख सापकोटाले प्रमाणित गरेर सोमबार राष्ट्रपति कार्यालयमा पठाएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट हुबहु पारित भएपछि सभामुख सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको हो।
प्रमाणीकरणका लागि यसअघि पठाउँदा उक्त विधयेकलाई राष्ट्रपति भण्डारीले २९ साउनमा फिर्ता गरेकी थिइन् । फिर्ता भएको विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाले जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि पठाइएको हो ।
संविधानतः राष्ट्रपति भण्डारीसँग यसपटक विधेयकलाई फिर्ता पठाउने अधिकारी छैन। प्रमाणीकरणका लागि पठाइएको विधयेक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।