धनुषा– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट धनुषा–३ बाट प्रतिनिधिसभा उम्मेद्वारमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सर्वसम्मत सिफारिस गरेको छ।
लोसपा धनुषा–३ को आज सम्पन्न बैठकले महतोको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीको धनुषा अध्यक्ष परमेश्वर साहले जानकारी दिए। बैठकले सर्वसम्मतबाट महतोको एकल नाम सिफारिस गरेको अध्यक्ष साहले बताए।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा महतो यही क्षेत्रबाट निर्वाचित भएका थिए। नेकपा (एमाले)ले सो क्षेत्रबाट जुलीकुमारी महतोको नाम सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।