काठमाडौं– नेपाली कांग्रेस ताप्लेजुङले आसन्न निर्वाचनमा लागि प्रतिनिधि सभा र प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरू सिफारिस गरेको छ।
प्रतिनिधिसभा तर्फ १ मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याङ, प्रदेश सरकारका मन्त्री प्रताप प्रकाश हाङ्गाम, महाधिवेशन प्रतिनिधिहरू क्रमशः बलबहादुर तामाङ, मणी लामा, र टिकाराम गुरुङ सिफारिस भएका छन्। लामा भने २०५१का निर्वाचित सांसद हुन्। उनी ज्ञानेन्द्रको शासनकालमा मन्त्री बनेका थिए।
त्यस्तै समानुपातिकतर्फ युवराज गुरुङ, शिला ईजम र लिलादेवी बोखिम सिफारिस भएका छन्।
प्रदेश सभा ‘क’तर्फ प्रत्यक्षमा जिल्ला उपसभापति डिल्लीरमण बराललगायत गोपाल गुरुङ र लक्ष्मी प्रसाद भट्टराई सिफारिस भएका छन् भने प्रदेश सभा ‘ख’तर्फ भने खगेन सिं हाङ्गाम मात्र एकल सिफारिस भएका छन्।
एमाले सचिव योगेशकुमार भट्टराईको गृह जिल्ला रहेको यो जिल्लामा एमालेले भने २१ गते मात्र उम्मेद्वारी टुंग्याउने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।