• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१८७ जना आर्मीमाथिको कोर्टमार्सल : सैनिक अदालत हुँदै सर्वोच्चसम्म, दुई मेजरको पुनर्बहाली योजना समाप्त

64x64
नारायण अधिकारी मंगलबार, भदौ २१, २०७९  ०७:२७
1140x725

काठमाडौं- नेपाली सेनाको विभिन्न पदको भर्ना र शान्ति मिसन छनोटमा ब्यापक अनियमितता भएको विषय सैनिक अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेर टुंगो लागेको छ।

दुई तहको सैनिक अदालतबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गर्दै टुंगोमा पुर्यातएको छ। २३ सैनिक अधिकृतसहित १८७ जनालाई कोर्टमार्सलका लागि गरिएको सिफारिसमा सैनिक अदालतले १४ जनालाई सफाइ दिएको थियो।

उक्त मुद्दा दुई तहको सैनिक अदालत (समरी जनरल सैनिक अदालत र सैनिक विशेष अदालत) पार गर्दै सर्वोच्चमा पुगेको थियो। 

सर्वोच्चका न्यायाधीश इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले रिट निवेदन खारेज गर्दै सैनिक अदालतकै फैसला सदर गरी मुद्दाको टुंगो लगाएको हो।

न्यायाधीशद्वयको इजलासले असार २१ गते गरेको फैसलाको पूर्णपाठ भने हालसालै सार्वजनिक गरेको छ। सैनिक अदालतको फैसलाविरुद्ध सेनानी (मेजर) कृष्णप्रसाद सापकोटा, सेनानी प्रकाशचन्द्र खत्री क्षेत्री, प्राविधिक हुद्दा नवराज गुरुङ, जमदार भक्तबहादुर ल्हाय मगर र सिपाही अम्बरबहादुर भट्टराईले परमादेशको माग राखी कारबाही फिर्ता गरी पुनर्बहाली हुनुपर्ने माग राख्दै सर्वोच्चमा दायर गरेको रिट खारेज भएको हो। 

294667150_596168961909313_6509153554604381074_n1662379788.jpg

असाधारण क्षेत्राधिकारमा राख्नुपर्ने देखिएन
सैनिक अदालतले गरेको फैसलाको पुनरावेदन माग गर्दै दायर भएको रिट सर्वोच्चको असाधारण क्षेत्राधिकारभित्र पर्ने भन्दै सोही अनुसार सर्वोच्चले प्रक्रिया अघि बढाएको थियो।

उनीहरुविरुद्ध २०७५ मंसिर १० गते समरी जनरल सैनिक अदालतले फैसला गरेको थियो। समरी जनरल सैनिक अदालतको फैसलाविरुद्ध पुनरावेदन माग गर्दै उनीहरुले सैनिक विशेष अदालतमा मुद्दा दायर गरेका थिए। सैनिक विशेष अदालतले २०७५ फागुन १५ गते फैसला गर्दै सुरु अदालतकै फैसला सदर गरेको थियो।

Ncell 2
Ncell 2

डर-त्रास, धम्की दिई जबरजस्ती बयान गराई आरोप स्वीकार गर्न लगाइएको, सैनिक ऐन, २०६३ भन्दा बाहिर गएर गैरसैनिक व्यक्तिलाई साक्षीको रुपमा पेस गरिएको, संविधान प्रदत्त मौलिक हकहरुको हनन् भएको, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को प्रस्तावना तथा संविधानको धारा ३ को स्वतन्त्रताको अधिकारमा समेत आघात पुगेको भन्दै कारबाही फिर्ता गरी पुनर्बहालीको माग गर्दै दुई मेजरसहित पाँच जनाले सर्वोच्चमा रिट दिएका थिए। 

गैरसैनिक व्यक्ति अनितासिंह ठकुरी, रेश्मा ढकाल, फागुने रकाल, भरत शाही, रामविक्रम खड्कालाई समेत सैनिक हिरासतमा लिएर बयान गराइएको र उनीहरुकै बयानलाई आधार मान्दै दोषी करार गरी सैनिक ऐनको क्षेत्राधिकारभन्दा बाहिर गएर फैसला गरिएको भन्दै उनीहरुले रिट दायर गरेका थिए।

उनीहरुको रिट नै खारेज गरेको सर्वोच्चले सैनिक अदालतले पूर्णपाठमा उल्लेख गरेको छ, ‘कोर्ट अफ इन्क्वाइरी गठन गरिएको, समरी सैनिक अदालतबाट कसुरदार ठहर भएको, प्रतिवादीहरुले सैनिक विशेष अदालतमा पुनरावेदन दिएको र पुनरावेदनबाट समेत कसुरदार ठहर भएको देखियो। कानुन बमोजिम प्रक्रिया पूरा गरी तह–तह अदालतबाट भएको फैसला उपर यस अदालतको असाधारण क्षेत्राधिकार अन्तर्गत रिट परेको तर असाधारण क्षेत्राधिकार भित्र राखेर न्यायिक निरुपण गर्नुपर्ने कारण नदेखिएकाले रिट खारेज हुने ठहर गर्छ।’ 

294320126_587945359402320_2851605715069076090_n1662379763.jpg

के थियो १८७ सैनिकमाथिको कोर्टमार्सल प्रकरण?
२०७३ र २०७५ मा नेपालीमा सेनाका विभिन्न पदहरुमा भएका भर्नामा ब्यापक अनियमितता भएको विषय सेनाको आन्तरिक छानबिनबाट समेत पुष्टि भएको थियो। भर्ना छनोट र मिसनमा ब्यापक अनियमितता भएको सूचना पाएपछि तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रत्यक्ष निर्देशनमा २०७५ जेठ ६ गते सहायक रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वाइरी गठन गरेर छानबिन प्रक्रिया अघि बढाइएको थियो। 

कोर्ट अफ इन्क्वाइरीको आधारमा २०७५ कात्तिक ६ गते तत्कालीन सेनापति थापाको निर्देशनमा उपरथीको अध्यक्षतामा ९ सदस्यीय जनरल समरी सैनिक अदालत गठन भई अदालती प्रक्रिया सुरु भएको थियो।

उक्त सैनिक अदालतले २०७५ मंसिर १० गते फैसला गर्दै १३ गतेको मितिबाट लागू हुने गरी दोषीहरुबाट तीन करोड २२ लाख ७५ हजार जरिवाना वापतको राजस्व दाखिला गर्नुपर्ने ठहर गरेको थियो भने कारबाही सिफारिस भएका १८७ मध्ये १४ जनालाई सफाइ दिँदै १७३ जनालाई कारबाही हुने फैसला गरेको थियो।

दुई जना अन्य दर्जालाई ६ वर्ष कैद र भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त, २ अधिकृतसहित ६ जनालाई ३५ दिनदेखि ३ वर्षसम्म कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त, १ अधिकृतसहित २ जनालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त, १ अन्य दर्जालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त, १ अन्य दर्जालाई चार वर्षसम्म बढुवा रोक्का, ५ अन्य दर्जालाई २ देखि ५ वर्षसम्म बढुवा रोक्का, १०१ जना अन्य दर्जालाई सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त, ३७ अन्य दर्जालाई ३ वर्ष बढुवा रोक्का, १६ जना अधिकृतलाई सचेत र १ अन्य दर्जालाई पहिलाकै दर्जामा घटुवा गरेको थियो।

जो सैनिक हिरासतबाटै भागेर कलकत्ता पुगे
नवराज गुरुङ २०६२ असोज १७ गते मध्य पृतना हेडक्वाटर सुपारेटार ब्यारेक मकवानपुरबाट सैन्यमा भर्ना भएका थिए। २०६३ वैशाख १३ गते आपूर्ति तथा पारवाहन गण थापाथलीमा उनको पोस्टिङ भयो। 

त्यसपछि नगरकोट शिक्षालयमा काजमा, २०६४ मा पुनः आपूर्ति तथा पारवहन गणमा, २०६७ मा जंगल वारफेयर शिक्षालय अमलेखगञ्जमा ड्राइभरको रुपमा काज, २०६८ मा पश्चिम पृतना हेडक्वाटरमा काज सरुवा भए। २०६८/०६९ मा लेवनानमा शान्ति सैनिकमा कार्यरत, २०६९ मा फेरि आपूर्ति पारवाहन गण, २०७० मा चिकित्साशास्त्र महाविद्यालय भण्डारखालमा सरुवा भए।

त्यसपछि उनी २०७१ सालदेखि इन्जिनियरिङ विभागमा कार्यरत थिए। २०७४ सालमा नेपाली सेनामा सैन्य पदमा भर्ना खुलाइएको थियो। भर्ना छनोट मापदण्ड विपरीत भएको भन्ने जानकारी आएपछि सैनिक सचिव विभागको पत्रअनुसार कोर्ट अफ इन्क्वाइरी बोर्ड नै गठन गरिएको थियो। 

कोर्ट अफ इन्क्वाइरीले भर्ना छनोटमा गुरुङ सहितका व्यक्तिको अनियमितता देखिएको भन्दै २०७५ जेठ २९ गते सैनिक हिरासतमा लिएको थियो। हिरासतमा राखेको एक सातापछि असार ७ गते नै गुरुङ हिरासतको झ्यालको ग्रिल फोडेर फरार भएका थिए। 

सर्वोच्च अदालतमा पुनरावेदन रिट दायर गर्दा उनले हिरासतमा रहँदा सेनाले चरम यातना दिएकाले सहन नसकेर भागेको उल्लेख गरेका छन्। हिरासतबाट भागेको करिब एक महिनापछि असार ३० गते गुरुङलाई भारतीय र नेपाल प्रहरीको सहयोगमा भारतको देहरादुनबाट पक्राउ गरी ल्याइएको थियो।

२०७५ असोज ५ गते सेनाको प्राड विवाक, अनुसन्धान तथा अभियोक्ता शाखाबाट उनलाई ६ वर्ष कैद र भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरेको छ। उनी अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।

294683720_1468765303588887_8736704079708273751_n1662379874.jpg

तालिम नै सञ्चालन गरेर नक्कली प्रमाणपत्र, मिसनमा पठाउने भन्दै रकम असुली
सिटिइभिटीको तालिम नै सञ्चालन गरेर नक्कली प्रमाणपत्र उपलब्ध गराउनेदेखि सिपाहीमा भर्ना गराउने र मिसनमा पठाउने भन्दै मोटो रकम उठाउने गरिएको तथ्य छानबिनबाट उजागर भएको छ। 

अमरबहादुर भट्टराईले आफूभन्दा माथिका सैनिक अधिकारीसँग सम्पर्क राख्ने र लोकसेवा आयोगबाट लिइने सैन्य पदको लिखित परीक्षामा समेत पास गराउने भन्दै प्रतिस्पर्धीहरुबाट रकम असुलेको छानबिनको क्रममा पाइएको छ। लिखित परीक्षा पास गराइदिन्छु भनेर जमदार भक्तबहादुर ल्हाय मगरमार्फत ६ लाख रुपैयाँ लिएको समेत खुलेको छ।

त्यसैगरी शान्ति सेनामा पठाइदिन्छु भनेर अमल्दार दिलबहादुर श्रेष्ठ र अर्का एक हुद्दाबाट पनि ६ लाख रुपैयाँ लिइएको खुलेको छ।

यो समूहले सैन्यमा भर्ना गराउँछु भन्नेदेखि मिसनमा पठाउँछु समेत भनेर ३ करोड ५२ लाख ६१ हजार रुपैयाँ उठाएको पाइएको छ। यो समूहले ११० जना व्यक्तिलाई तीन महिनासम्म ड्राइभिङदेखि सिटिइभिटीको भन्दै तालिम समेत गराएको पाइएको छ।

सैन्य पदका ८ जना उम्मेदवारबाट पनि रकम उठाएको पाइएको थियो। यसले सेनाभित्र चरम बेथिति र अनियमितता देखिएको छानबनिका क्रममा खुलेको थियो। यो प्रकरणले नेपाली सेनाको भर्ना प्रक्रियादेखि शान्ति मिसन जानका लागि चरम बेथिति हुने गरेको तथ्य उजागर गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्