काठमाडौं– काठमाडौं–५ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि नाम सिफारिस गरिएको छ।
उम्मेद्वारका लागि डा प्रकाशशरण महत, डा सुधा त्रिपाठी, श्यामबहादुर खड्का, दामोदर खड्का, प्रेमबहादुर खड्का, र रमेश खड्काको सिफारिस भएका छन्।
यस्तै प्रदेश सभातर्फ भने एकल उम्मेदवार सिफारिस भएका छन्। प्रदेश सभा ‘क’ तर्फ भैरव सापकोटा र प्रदेश सभा ‘ख’ मा रामचन्द्र घिमिरे सिफारिस भएका छन्। घिमिरे कांग्रेस नेता नरहरि आचार्य निकट रहेर काम गर्दै आएका छन्।
२०६४ र २०७० मा आचार्य निर्वाचित भएको यो क्षेत्रमा २०७४ को निर्वाचनमा भने कांग्रेसबाट महतले उम्मेदवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।