प्युठान– नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सूर्य थापा प्युठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्। थापालाई पार्टीले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाउन लागेको हो।
सोमबार बसेको जिल्ला समितिको चौथो पूर्ण बैठकले नेता थापाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला सचिव माधव पौडेलले जानकारी दिए।
पत्रकारिता पृष्ठभूमिबाट एमालेको पार्टी राजनीतिमा आएका थापा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार समेत भएका थिए।
सचिव पौडेलका अनुसार प्युठानमा प्रत्यक्षतर्फ प्रदेश (क) बाट एमालेको लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र प्रदेश (ख)बाट केन्द्रीय सदस्य एवं प्युठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजालको एकल नाम सिफारिस गरेको हो।
रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाव जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण विकास मन्त्री समेत बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।