गुल्मी– नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज र जिल्ला अध्यक्षलगायतका नेता कार्यकर्ताहरु नेकपा (एमाले) फर्किएका छन्।
सोमबार एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।
एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्णराज बिष्टले उनीहरुलाई पुनः पार्टीमा स्वागत गरेका छन् । कार्यक्रममा एकीकृत समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारीले पहिलेकै घरलाई मर्मत गरेर अघि बढ्ने योजनाअनुरुप एमालेमा फर्किएको बताए।
उनले आगामी चुनाव दूरगामी राजनीतिक परिघटना रहेको बताउँदै त्यसका लागि एमालेमा समाहित भएको बताएका छन्। उनीहरुले चुनावी गठजोड व्यक्तिगत स्वार्थका लागि हुन गइरहेको बताउँदै एमालेमा फर्किएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।