पाल्पा– प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरे पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन्। नेकपा एमाले पाल्पा– २ को क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि गैरेलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ।
प्रदेश सभातर्फ भने पाल्पा २ को (क) बाट फर्सुराम भट्टराई, त्रिरत्नलाल शाक्य, रामलाल श्रेष्ठ, विष्णु आचार्य, कृष्णराज अधिकारी, सुनिता शर्मा, पदमबहादुर कार्की र श्रीकृष्ण पाण्डेयको नाम सिफारिस भएको छ।
पाल्पा २ (ख) बाट रामजी भट्टराई, रामजी पोखरेल, ओमबहादुर घर्ती, कृष्णबहादुर जीसीको नाम सिफारिस भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।