काठमाडौं- सत्ता गठबन्धनको सिट बाँडफाँटको टुंगो अझै दुई दिन नलाग्ने भएको छ।
कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अझै दुई दिन कार्यदलमै छलफल गर्ने निर्णय भएको बताए।
उनले भने, ‘सिट बाँडफाँट सकिएको भन्ने सुन्न अझै दुई दिन पर्खिनुपर्ने भयो। लगातार दुई दिन कार्यदलमै छलफल गर्ने सहमति भएको छ।’
कार्यदलले छलफल गरेर टुंगो लगाएपछि शीर्ष तहमा पुर्याउने उनले बताए। प्रतिनिधि सभा र प्रदेशको समेत टुंग्याउनेगरी छलफल भएको उनले बताए।
कार्यदलको बैठक सोमबार १ बजे बस्ने तय भएको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।