काठमाडौं– भारतका स्थल सेनाध्यक्ष (स्थल सेना प्रमुख) मनोज पांडे काठमाडौं आइपुगेका छन्।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणमा भारतीय सेना प्रमुख पाण्डे ५ दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका हुन्।
स्थल सेनाध्यक्ष पाण्डे ५ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन्। ५ सदस्यीय भ्रमणदलमा उनकी पत्नी अर्चना पाण्डे पनि छन्।
नेपाल भ्रमणका आएका पाण्डेसहितको टोलीलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे।
सेनाध्यक्ष पाण्डेलाई भदौ २० गते (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। उक्त कार्यक्रम सोमबार अपराह्न ३ बजेका लागि राखिएको छ।
नेपाली सेनाले भारतका उच्चपदस्थ सैनिक अधिकारीको भ्रमणले २ देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।