काठमाडौं– गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन)सहित ३ जनाको नाम सिफारिस भएको छ।
क्षेत्र २ को निर्वाचन क्षेत्रीय कमिटीको आइतबारको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो।
वैशाख ३० गते भएको निर्वाचनमा गोरखाका स्थानीय तहमध्ये ‘बहुमत’ पालिकामा माओवादी केन्द्रले जित हात पारेको थियो। गोरखा २ बाट २०७४मा नेपाली कांग्रेसको सहयोगमा बाबुराम भट्टराईले जितेका थिए। अहिले पनि उनी उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदबार हुने तयारीमा रहेका छन्।
सिफारिसमा परेका चक्रे मिलन सम्पत्ति शुद्धीकरण लगायत अन्य अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा विभिन्न समयमा पक्राउ पर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।