काठमाडौं– नेविसंघ आवद्ध विद्यार्थी नेताहरूले नेविसंघको वैधानिक पूर्णताको माग गर्दै पार्टी कार्यालयमा खुलापत्र लेखन कार्यक्रम गरेका छन्।
नेविसंघ लामो समयदेखि अध्यक्ष मात्रैले चलाएको अवस्थामा पार्टीले नेविसंघलाई पूर्णता दिनेतर्फ ध्यान नदिएको विद्यार्थीहरुको आरोप छ।
विद्यार्थी आन्दोलन गलत बाटोतर्फ गइरहेको बेला नेविसंघका विद्यार्थीहरुले रचनात्मक आन्दोलन सुरु गरेको बताएका छन्।
केही समयदेखि सामाजिक सञ्जालमा ‘जग जोगाउ पार्टी बचाउ’, ‘वी निड फुलफिल एनएसयू’ अभियान चलाइरहेका नेविसंघका विद्यार्थीहरुले आइतबार पार्टी कार्यालय सानेपामा सामूहिक रुपमा खुलापत्र लेखेका हुन्।
उक्त पत्र जम्मा गरेर कांग्रेस उपसभापति धनराज गुरुङ र खुलापत्र लेखेको कलम सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लाई हस्तान्तरण गरिएको नेविसंघकी पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।