फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गतसालको बाढीका कारण पीडित बनेका मेलम्चीवासीले क्षतिपुर्ति र राहत नपाएको भन्दै सरकारको आलोचना गरेका छन्।
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले धेरै ठूलो क्षति भएपनि सरकारले वेवास्ता गरेको उनले बताए। उनले भने, ‘करिब तीन हजार भन्दा बढी रोपनी जग्गा, दुई हजारभन्दा बढी सरकारी जग्गा र २५० भन्दा बढी घरमा क्षति भएको छ। त्यसको राहत र पुन:स्थापनाका लागि सरकारले विश्व बैंकसँग ऋण लिएको भनिएको छ। तर, पीडितसम्म किन पुगेन?’
सभामुखको नेतृत्वमा पटक पटक रुलिङ गर्दा पनि सरकारले अहिलेसम्म ध्यान नदिएको उनको गुनासो छ। यसैवर्ष आएको बाढीले चौतारासँग जोडिएको १०, ११ र १४ नम्बर वडामा धेरै ठूलो क्षति पुर्याएको उनले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।