काठमाडौं– काठमाडौं महानगरपालिका–२५ ले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेका पसल हटाउन निर्देशन दिएको छ।
वडाले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको हो।
महानगरले ऐतिहासिक सम्पदा तथा मन्दिर क्षेत्रका अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत यो अल्टिमेटम दिएको हो।
इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर तथा श्री भवानीशंकर मन्दिर क्षेत्रमा सञ्चालित पसल हटाउन अल्टिमेटम दिइएको वडाध्यक्ष राजेश डंगोलले बताएका छन्। ती क्षेत्रमा माटोका भाँडा, सस्तो कपडालगायतका पसल सञ्चालनमा थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।