काठमाडौं– प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बैठक बसेको हो।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको संसद् सचिवालयले जनाएको छ। आइतबार दिउँसो २ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
आइतबारको बैठकमा प्रतिनिधि सभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्य व्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन्।
यस्तै, सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने बताइएको छ।
सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यहरूको नाम पनि हेरफेर गर्ने सम्भावित कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।