काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको तेस्रो दिनको बयान सकिएको छ।
महाभियोग सिफारिस समितिले आइतबार राणासँग एक घण्टामात्र बयान लिएको छ। समिति सदस्य कांग्रेस सांसद मिन विश्वकर्माका अनुसार आइतबारको बयानमा प्रश्नोत्तरको विधि परिवर्तन गरिएकाले एक घण्टामा पाँचवटा प्रश्न सोधिएको छ।
अब अर्को बैठक २५ गतेका लागि बोलाइएको छ। उक्त दिनको बैठमा पनि आइतबारकै जस्तो विधि अपनाइने सांसद विश्वकर्माले बताएका छन्।
विश्वकर्माका अनुसार २५ गते राणासँग अन्तिम बयान लिने र प्रतिवेदन तयारीमा लाग्ने समितिको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।