काठमाडौं – एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिम घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघले शनिबार १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।
छनोट प्रतियोगिगता १५ अक्टोबरदेखि इरानमा हुँदैछ । नेपाल दक्षिण र मध्य एसिया छनोटको समूह 'ए' मा छ । नेपाल रहेको समूहमा उज्वेकिस्तान, किर्गिस्तान र तुर्केमिनिस्तान छन्। समूहका शीर्ष २ टिम सन् २०१८ मा चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन्। च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ।
छनोटमा नेपालले १५ अक्टोबरमा उज्वेकिस्तान, १६ अक्टोबरमा किर्गिस्तान र १७ अक्टोबरमा तुर्केमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टिम
गोलकिपर – अनिस श्रेष्ठ, सुमित कुमार आले
डिफेन्डर – राज शाही, सौरभ मगर, अमित तामाङ
मिडफिल्डर – अरुज सिंह, नवीन लामा, विनोद गुरुङ, मणीकुमार लामा, अभय राना
फरवार्ड – सुसन श्रेष्ठ, संजोग महर्जन, निर्मल गुरुङ, सुरज राउत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।