काठमाडौं– नेपाली कांग्रेसकी सांसद रङ्गमति शाहीले आसन्न निर्वाचनमा उम्मेदवार दिने उम्मेदवारहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै शाहीले उक्त माग गरेकी हुन्।
यस्तै, भ्रष्टचार बढेकोले राज्यको ढुकुटी रित्तो हुँदै गएकोले त्यसको छानबिन हुनुपर्ने माग पनि शाहीले गरिन्।
‘राज्यको ढुकुटि रित्तो छ, व्यक्तिको घरघरमा पैसा छ भन्ने सुनिन्छ। यो सम्पत्ति शुद्धीकरण गरेर धेरै भएको सम्पति राज्यको कोषमा जम्मा गरौं। स्वास्थ्य, शिक्षा, ज्येष्ठ नागरिकको जिम्मा राज्यले लिनु पर्छ,’ शाहिले भनिन्, ‘यसले भ्रष्टचार पनि न्यूनिकरण गर्नु पर्छ। र अब हुने निर्वाचनमा उम्मेदवारको सम्पत्ति विवरण गोप्य रुपमा होइन, खुल्ला रुपमा सार्वजिक हुनुपर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।