काठमाडौं– नेकपा एमालेका सांसद रामविर मानन्धरले प्रतिनिधि सभाको शून्य समयमा बोलेका कुरा कतैपनि ध्यानाकर्षण नभएको भन्दै अब नबोल्ने घोषणा गरेका छन्।
उनले शून्य समयमा प्रश्न उठाउने अनि त्यसको कार्यान्वयन नहुने हो भने किन उठाउने भन्दै प्रश्न गरे। शून्य समयमा २ मिनेट समय लिएर आफूहरुले आवाज उठाउने तर, कतैपनि सुनुवाइ नहुने भएपछि यो निरर्थक भएको उनले बताए।
‘शून्य समयमा उठाएको कुरा सुनुवाइ हुँदैन भने कि उठाउने’, प्रतिनिधि सभाको शुक्रबारको बैठकमा मानन्धरले भने, ‘अब अर्कोपटकदेखि शून्य समयमा नबोल्ने जानकारी गराउन चाहन्छु।’
उनले सांसदहरुले कार्यान्वयनका लागि आवाज उठाउने तर, त्यस विषयमा सभामुखको मात्र ध्यानाकर्षण भएको सरकारको नभएकोप्रति आलोचना गरे।
विगतमा पनि सांसदहरुले शून्य समय र विशेष समयका विषयमा ध्यानाकर्षण गराउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।