काठमाडौं- नेपाली कांग्रेसबाट चितवन १ मा प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका स्वर्णिम वाग्लेले सामाजिक सञ्जालका आलोचकलाई जवाफ दिएका छन्।
उक्त क्षेत्रबाट प्रतनिधि सभाका लागि सिफारिसमध्ये एक उनले सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि आफ्नो कामबारे प्रष्ट उत्तर दिएका हुन्।
‘ए वाग्ले, तैंले चाहिँ के गरिस् नि?’ भन्नेका लागि चुनावी सरकारमा जम्मा ४ महिना र पछि दुई महना गरी ६ महिना योजना आयोगको उपाध्यक्ष भएको बताउँदै उनले ३८ वटा उल्लेख्य कामको विवरण प्रस्तुत गरेका हुन्।
आफ्नै ब्लगमा उनले त्यसको विवरण राखेका हुन्। उनले भनेका छन्, ‘२०७२ को भूकम्पपछि विश्वसनीय क्षति आकलन, ४०० अर्बको प्रतिवद्धता र नयाँ संरचनामा नेतृत्वदायी भूमिका खेलेकोमा विशेष गर्व छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।