हेटौंडा– मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवारका लागि नेपाली कांग्रेसले सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई सर्वसम्मत सिफारिस गरेको छ। क्षेत्र नं २ कार्य समितिले उनलाई सर्वसम्मत निर्णय गरेको हो।
प्रतिनिधि सभामा उक्त क्षेत्रबाट एकीकृत समाजवादीका विरोध खतिवडाले जितेका छन्।
कांग्रेस सहमहामन्त्री नै सिफारिस भएपछि खतिवडालाई आफ्नो क्षेत्र जोगाउन सकस पर्ने भएको छ। पार्टी अध्यक्ष माधव नेपालसँग समेत सम्बन्ध बिग्रिएका कारण अन्यत्र लिएर 'डिना'का लागि सम्झौता गर्नसक्ने सम्भावना छ।
समानुपातिकतर्फ भने हाल बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजा तथा महिला नेतृ उमा दाहालको भएको छ।
प्रदेश २ को (ख) बाट बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित मकवानपुर सभापति बुद्ध लामा, शंकर न्यौपाने र ईश्वर पाठक सिफारिस भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।