• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कास्की २: रवीन्द्र अधिकारीको ‘विरासत’ मा राप्रपा निर्णायक

रिखिराम जिसी  सोमबार, भदौ २०, २०७९  २१:१८
1140x725

पोखरा– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिएर चर्चामा रहेका निर्वाचन क्षेत्रमध्ये कास्की क्षेत्र नम्बर २ पनि एक हो। नेकपा एमालेका दिवंगत नेता रवीन्द्र अधिकारीको ‘विरासत’ जोडिएको कास्की २ मा अबको चुनावी समीकरण र नतिजालाई लिएर चर्चा परिचर्चा सुरु भइसकेका छन्। 

२०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा नेकपा एमालेका नेता दिवंगत रवीन्द्र अधिकारी निर्वाचित भएका थिए। निर्वाचन जितेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो। 

रवीन्द्रको निधनपछि २०७६ सालमा त्यहाँ उपनिर्वाचन भएको थियो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रवीन्द्रकी पत्नी विद्या भट्टराईलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाएको थियो। विद्या नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्। 

२०७४ सालको निर्वाचनमा रवीन्द्रले २७ हजार २०७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गरेका थिए। त्यसो त रविन्द्र ०६४ र ०७० मा भएको संविधान सभाको निवार्चनमा पनि यहीँबाट निर्वाचित भएका थिए। 

रवीन्द्रको निधन पछि २०७६ मंसिरमा भएको उप–निर्वाचनमा २४ हजार ३९४ मत ल्याएर भट्टराइ विजयी भएकी थिइन्। भट्टराईका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९९ मत मात्र प्राप्त गरेका थिए। 

तत्कालीन नेकपाले उपनिर्वाचनमा रवीन्द्रकी पत्नी विद्यालाई नै उम्मेदवार बनाउनुमा २ वटा कारण प्रमुख थिए। पहिलो, आफ्नो जितलाई निरन्तरता दिनु थियो भने दोस्रो रवीन्द्रको विरासत जोगाउन सक्ने अर्को उपयुक्त पात्र नहुनु। 

उपनिर्वाचन हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा थियो। २०७४ सालको वाम गठबन्धन जस्तै एउटै पार्टी हुँदा विद्यालाई जित्न सहज भएको थियो। तर, अहिले परिस्थिति फेरिएको छ। नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी छन् भने माओवादी केन्द्र एमालेको विरुद्ध (सत्ता गठबन्धन) मा छ। 

२०७४ को निर्वाचनमा
प्रतिनिधि सभाका उम्मेदवारको मत
२०७६ सालको उपनिर्वाचनमा 
प्रतिनिधि सभाका उम्मेदवारको मत
रवीन्द्र अधिकारी (वाम गठबन्धन) २७२०७ विद्या भट्टराई (नेकपा) २४३९४
देवराज चालिसे (नेपाली कांग्रेस) १८६६१ खेमराज पौडेल (नेपाली कांग्रेस) १५९९९

नेकपा एमाले समेत विभाजन भएर अर्को पार्टी नेकपा एकीकृत समाजवादी बनेको छ। जुन पार्टी पनि उत्ता गठबन्धनकै एक प्रमुख घटक हो। परिवर्तित राजनीतिक परिस्थितिले आगामी निर्वाचनमा एमालेलाई कास्की २ मा रवीन्द्रको विरासत जोगाउन मुस्किल पर्ने देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कास्की २ को तथ्यगत विश्लेषण गर्दा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मतलाई लिन सकिन्छ। कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडाहरू पर्छन्। कुल ११ वडामध्ये ६ वडामा कांग्रेसका वडाध्यक्षले विजयी प्राप्त गरेका छन् भने ५ वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेले सबै वडामा वडाध्यक्षका उम्मेदवार उठाएको थियो। एमालेका वडाअध्यक्षका उम्मेदवारले कूल २१ हजार १६४ मत प्राप्त गरेका थिए। कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले १९ हजार ८ मत गरेका थिए भने एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ५३ मत प्राप्त गरेको थिए। राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले २ हजार ७९  र माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८ मत पाएका थिए। र स्वतन्त्रसहित अन्य दलले ७५० मत प्राप्त गरेका थिए।

वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त दलगत मत हेर्ने हो भने एमाले ठूलो दल देखिन्छ। तर सत्ता गठबन्धनमा रहेका पार्टीहरु (कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र)को मत जोड्दा भने समग्रमा एमाले करिब १ हजार मतले पछि देखिन्छ।  

कास्की २ बाट सत्ता गठबन्धन र नेकपा एमालेले कसलाई उम्मेदवार उठाउँछ भन्ने विषय टुंगो लागिसकेको छैन। गठबन्धनका दलबीच उक्त क्षेत्र कसले पाउने भन्ने पनि टुंगो लाग्न सकेको छैन। 

एमालेले भट्टराईलाई नै निरन्तरता दिने सम्भावना पनि छ। शिक्षण पेसा त्यागेर ‘पूर्णकालीन’ राजनीतिमा होमिएकी भट्टराईलाई न्याय गर्न र रवीन्द्र प्रतिको मतदाताको भावनालाई समेट्न पनि एमालेले विद्यालाई नै उम्मेदवार बनाउने देखिन्छ। 

उम्मेदवारको व्यक्तिगत प्रभावले पनि चुनावी नतिजालाई केही हदसम्म प्रभावित पार्ने हुँदा अहिले नै सम्भावित नतिजाबारे ‘ठोकुवा’ गर्न सकिने अवस्था छैन। तर, गठबन्धन र एमाले दुवैलाई कास्की २ मा चुनौती भने छन्। 

एमालेलाई गठबन्धनको सामना गरेर रवीन्द्रको विरासत जोगाउने चुनौती छ। त्यसका लागि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख सहयोग बन्नसक्छ। एमाले र राप्रपाबीच देशव्यापी रुपमा नै तालमेलका लागि छलफल चलिरहेकाले कास्की–२ मा पनि यी दुई पार्टी संयुक्त रुपमा चुनावमा उत्रिनसक्ने सम्भावना छ। 

वडाध्यक्षहरुको मत विश्लेषणमा गठबन्धनभन्दा कमजोर देखिएको एमाले राप्रपाको मत जोड्दा भने बलियो देखिन्छ। त्यसकारण पनि रवीन्द्रको विरासत जोगाउन एमालेका लागि राप्रपा निर्णायक ‘शक्ति’ बन्ने देखिन्छ।  

राप्रपाले एमालेलाई साथ दिने अवस्था रहेमा गठबन्धनलाई झन् चुनौती थपिने देखिन्छ। गठबन्धन भर्सेस एमालेको प्रतिस्पर्धा हुँदा कास्की २ मा राप्रपा निर्णायक हुनेछ। साथै, स्थानीय तहको निर्वाचनपछि थपिएका मतदाताको संख्याले पनि आगामी निर्वाचनको परिणामलाई प्रभावित पार्ने देखिन्छ। 

३० वैशाख २०७९ को निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत:

राजनीतिक दल प्राप्त मत
नेकपा एमाले २११६४
नेपाली कांग्रेस १९००८
नेकपा माओवादी केन्द्र ११९८
नेकपा एकीकृत समाजवादी २०५३
राष्ट्रिय प्रजातन्त्र पार्टी २०७९
स्वतन्त्र तथा अन्य ७५०

 


 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २१:१८
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नेेपालका बाढीपहिरो मृतकप्रति श्रद्धाञ्जली दिँदै च्याम्पियन्स लिगका खेलमा मौनधारण गरिने
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त?
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
नेेपालका बाढीपहिरो मृतकप्रति श्रद्धाञ्जली दिँदै च्याम्पियन्स लिगका खेलमा मौनधारण गरिने मंगलबार, भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? मंगलबार, भदौ २३, २०८३
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’ मंगलबार, भदौ २३, २०८३
मकवानपुरमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई चालक पक्राउ मंगलबार, भदौ २३, २०८३
अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्