फाइल तस्बिर
विराटनगर- प्रदेश नं. १ को बजेट अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नगेन्द्रकुमार श्रेष्ठले आज एक विज्ञप्तिमार्फत जनाएका छन्।
प्रमुख खापुङ्गले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेको विज्ञप्तिमा जनाइएको छ । प्रदेश सरकारको दशौं तथा बजेट अधिवेशन चलिरहेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।