काठमाडौं– नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्राणमा १५ दिनअघि चीन पुगेका प्रकाण्ड बिहिबार स्वादेश फिर्ता भएका हुन्।
विप्लव नेकपाका नेता कार्यकर्ताहरुलाई अदालतले पक्राउ पूर्जी जारी गरेलगत्तै प्रकाण्ड चीन गएका थिए। पक्राउ पूर्जी जारी भएपछि चिनियाँ कम्युनिष्ट पार्टीले प्रकाण्डलाई चीन भ्रमणको निम्ता दिएको थियो।
चीन भ्रमणमा के–के विषयमा छलफल भयो भन्नेबारे नेकपाले केही सार्वजनिक गरेको छैन। आसन्न चुनाव र पक्राउ पूर्जी जारी भएपछि विकसित घटनाक्रमलगत्तै चीन भ्रमण गरेकाले प्रकाण्डको भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ।
प्रवक्ता प्रकाण्डको भ्रमण के मा केन्द्रित थियो भन्ने नेपाल लाइभको प्रश्नमा नेकपाका केन्द्रीय सदस्य चिरन पुनले खुलाउन चाहेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।