आरजु राणा देउवा (फाइल तस्बिर)
धनगढी– आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसको उम्मेदवारका रुपमा कैलाली क्षेत्र नम्बर ५ बाट डा आरजु राणा देउवा सर्वसम्मत सिफारिस भएकी छिन्।
नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बैठकले राणालाई प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो।
राणा गएकको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग कैलाली ५ बाट पराजित भएकी थिइन्।
त्यसैगरी, प्रतिनिधि सभा समानुपातिकतर्फको उमेदवारमा जीवन राना सर्वसम्मत रूपमा सिफारिस भएका छन्। यस्तै, प्रदेश सभा निर्वाचनको लागि प्रदेशको प्रत्यक्ष र समानुपातिकतर्फ भने २६ जनाले दाबी गरेका छन्।
यसैगरी कैलाली क्षेत्र नम्बर ४ बाट भने कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पनि उम्मेदवारका लागि सिफारिस भएका छन्।
कांग्रेस कैलाली क्षेत्र नम्बर ४ समितिले महरसँगै सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी र लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा उम्मेदवारका रुपमा सिफारिस गरेको हो।
उक्त क्षेत्रबाट २०६४ र २०७४ मा लेखराज भट्ट निर्वाचित भएका थिए भने २०७० मा भने कांग्रेसबाट दीर्घराज भाट निर्वाचित भए। हाल एमालेमा रहेका भट्ट यही क्षेत्रबाट चुनावको तयारी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।