काठमाडौं– नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापासहितका नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।
कैलाली जिल्ला अध्यक्ष समेत थापालाई एमालेले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको भन्दै जिल्ला अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो।
थापासहित एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरीलगायतका नेता/कार्यकर्ता उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनीहरूलाई उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीमा भित्र्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।