फाइल तस्बिर
काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको कार्यदल बैठक बिहीबार पनि बस्दैछ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा बुधबार भएको छलफल बिना निस्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि बिहीबार पुन: बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे बस्ने छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारे गम्भीर रुपमा छलफल भए पनि निष्कर्षमा पुग्न असफल भएको थियो।
नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ। गठबन्धनमा रहेका केही दलले हैसियतभन्दा बढी सिट दाबी गर्दा सहमतिमा पुग्न सकस भएको नेताहरुले बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।