धनगढी– नेपाली कांग्रेस कैलालीले १३ वटै स्थानीय तहमा प्रतिनिधि खटाएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी पार्टीले शुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि मातहातका पालिकाहरुमा प्रतिनिधि खटाएको हो।
पार्टीले धनगढी उपमहानगरपालिकामा महाधिवेशन प्रतिनिधी रोशन सिंह, टीकापुर नगरपालिकामा देवानन्द जैशी, भजनी नगरपालिकामा टेकेन्द्र धामी, लम्की चुहा नगरपालिकामा बमबहादुर बम, घोडाघोडी नगरपालिकामा रतन कठायत, गौरिगंगा नगरपालिकामा शशील शाही र गोदावरी नगरपालिकामा प्रकाश जोशीलाई खटाएको छ।
यस्तै, जानकी गाउँपालिकामा आनन्द हमाल, जोशीपुरमा गोकेन्द्र भण्डारी, कैलारीमा सन्तोष मुडभरी, बर्दगोरियामा अर्जुनबहादुर स्वाँर, मोहन्यालमा डिलबहादुर भाड र चुरेमा प्रेम भट्टलाई खटाएको जनाएको छ।
कांग्रेसले पहिलो चरणअन्र्तगत कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट अभियानको शुभारम्भ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।