फाइल तस्बिर
काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जम्मै सिट आफले लिएर उब्रेका एकीकृत समाजवादीलाई दिन खोजिएको भन्दै विरोध जनाएका छन्। पार्टीनिकट युवासंघको मेची महाकाली अभियानको बुधबार राजधानीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
‘मैले रिपोर्ट पाएको छु – जम्मै सिट आफूले लिने, उब्रेको सिट मात्रै हामीलाई दिने। यो कुरा स्वीकार्य हुँदैन,’ उनले भने, ‘सँगसँगै हाम्रो पार्टीलाई नेपाल राष्ट्रिय राजनीतिमा अघि बढाएका छौं। हाम्रो जुन भूमिका छ, त्यसलाई नजरअन्दाज नगरौं।’
उनले कार्यकर्तालाई दृढ भएर लाग्न निर्देशन दिँदै त्यस्तै पर्यो भने एक्लै अघि बढ्ने अवस्था आउने बताएका छन्। गठबन्धन भनेको सबैको फाइदा लागि रहेको बताउँदै कसैलाई जिताउने भर्याङ नबन्ने स्पष्ट पारेका छन्।
उनले थपे, ’गठबन्धन विन–विन हुन्छ। फाइदा हुन्छ भने गठबन्धन हुन्छ। कसैका लागि सति नभनौं, भर्याङ (सहभागीबाट) हुन चाहदैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।